• २०८१ बैशाख २४ सोमबार

भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने

kharibot

भक्तपुर । भक्तपुर युवा टिम भक्तपुर-७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरको गोल्मढीस्थित झौरबही महाविहारमा हुने जनाइएको छ ।

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै निधन भएको थियो । ग्वाछा जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको पनि व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए ।

उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई  २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँचौँ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको उनले जनाए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै