• २०८१ बैशाख २४ सोमबार

नवौँ राष्ट्रिय खेलकुद- बुद्धिचालमा आर्मीकी लोहनीलाई तीन स्वर्ण

kharibot

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् ।

यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जिएका निर्णायक दीपेश गिरीले जानकारी दिए।

त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी हुन् ।

त्यसैगरी आज सम्पन्न र्यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएकी आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै