• २०८१ बैशाख १६ आइतबार

पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै

kharibot

प्रतिनिधि तस्बीर

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । 

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई सय ५० जना छात्रछात्राको सहभागिता रहने उनले बताए । सात चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई समूह सहभागी हुन पाउने नियम राखिएको छ । एउटा समूहमा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताए । 

प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् । चौथो र पाँचौँ हुनेले क्रमशः रु दुई हजार र एक हजारसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने पाँच जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै