• २०८१ बैशाख १८ मंगलबार

जम्मु काश्मिरमा भारतीय सेनामाथि हमला, पाँच सैनिकको मृत्यु

kharibot

तस्बीर: एएनआई

नयाँदिल्ली । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । 

जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो । 

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो  ।

आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै