• २०८१ बैशाख १८ मंगलबार

फुडमाण्डुको नयाँ वर्ष अफर: ८० प्रतिशतसम्म छुट

kharibot

काठमाडौँ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तिमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कति पर्यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।

आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभुति दिन ल्याइएको हो । 

फुडमाण्डुका ब्रान्ड मार्केटिङ एक्जेक्युटिभ अंकिता जोशी भन्छिन्- 'हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।'

यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्ने कम्पनिले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै