• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री प्रचण्डद्वारा सरकार विस्तार: को को बने मन्त्री ?

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गरेका छन् ।  गत पुस १० गते प्रधानमन्त्री बनेपछि सातौं पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका प्रचण्डले सरकारलाई पूर्णता भने अझै दिन सकेका छैनन् ।

आज नेपाली कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक, नागरिक उन्मुक्ति पार्टीका एक, माओवादी केन्द्रका एक र नेपाल समाजवादी पार्टीका एक गरी ११ जना मन्त्रिपरिषद्मा थपिएका हुन् । 

उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । 

साथै जनमत पार्टीबाट यसअघि नै मन्त्री रहेका अब्दुल खानले भने राजीनामा दिएका छन् । योसँगै अब सरकार १७ सदस्यीय बनेको छ ।

सरकारमा दोस्रो वरियतासहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् भनेमाओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् । 

नयाँ मन्त्रिपरिषद :

१- पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री 
२- पूर्णबहादुर खड्का : उपप्रधानमन्त्री, रक्षा
३- नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री, गृह
४- डा. बेदुराम भुसाल: कृषि तथा पशुपन्छी विकास
५- अशोककुमार राई : शिक्षा, विज्ञान तथा प्रविधि
६- शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७- डा. प्रकाशशरण महत : अर्थ
८- महिन्द्र राय यादव : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
९- शक्तिबहादुर बस्नेत : ऊर्जा, जलस्रोत तथा सिंचाइ
१०- रेखा शर्मा: संचार तथा सूचना प्रविधि
११- सुदन किराती:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२- अमनलाल मोदी : सघीय मामिला तथा सामान्य प्रशासन
१३- प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात
१४- रञ्जिता श्रेष्ठ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१५- रमेश रिजाल : उद्योग, वाणिज्य तथा आपूर्ति
१६- सिता गुरुङ : सहरी विकास
१७- सुशिला सिर्पाली ठकुरी (राज्यमन्त्री): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै