• २०८१ बैशाख १७ सोमबार

फ्रेन्ड्स क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

kharibot

बुटवल । फ्रेन्ड्स क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सोमबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

फ्रेन्ड्सका लागि कप्तान डोना थापा र रफिक अमिनोले एक-एक गोल गरेका थिए भने एपीएफका लागि खेलको अतिरिक्त समयमा प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काएका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार मनाङ मर्स्याङदी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि थ्री स्टार क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । 

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँने छन् भने उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार पाउने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय