• २०८० फाल्गुण २० आइतबार

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

kharibot

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । 

मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए ।

उनले भने , “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने । हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो । त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो।” विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरुको योगदानको स्मरणसमेत गरे ।

“आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गरेका थिए । उनिहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उनले भने । 

‘पहराकी फुल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङ्को रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै