• २०८१ जेठ ५ शनिबार

जापानमा बैठकमा लगातार अनुपस्थिति हुने सांसद योशिकाजु निष्कासित

kharibot

काठमाडौँ । जापानी संसदको माथिल्लो सदनका सांसद योशिकाजु हिगाशितानीलाई निष्कासन गरिएको छ ।

योशिकाजु युट्युबमा एक लोकप्रिय नाम हो। गाशीको नामले चर्चित उनी युट्युबमा पोष्ट गरिएका सामग्रीका कारण चर्चामा रहन्छन् ।

युएईमा बस्दै आएका योशिकाजु गत वर्ष सांसद निर्वाचित भएपनि कुनै पनि अधिवेशनमा एकपटक पनि सहभागी भएनन् ।

गत साता उनलाई संसदको माथिल्लो सदनमा व्यक्तिगत रुपमा उपस्थित भई माफी माग्न भनिए पनि उनी आएनन् ।

त्यसपछि अनुशासन समितिले सर्वसम्मतिले उनलाई सांसदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै