• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री प्रचण्ड र आइयुसिएनका महानिर्देशक डा. ओबेरलबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् । 

आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । 

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोत÷साधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे ।

नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै