• २०८१ बैशाख १५ शनिबार

आज ‘भ्यालेन्टाइन डे’ मनाइदै

kharibot

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात  ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रणय दिवस’ । यो दिवस विश्वभर आपसमा प्रेमभाव साटासाट गरी मनाइने गरिन्छ ।

हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाइन्छ ।

पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् ।

आजको दिन प्रेमी प्रेमिका नभएका युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने गर्दछन् । यस दिन युवायुवतीले प्रेमको प्रतीक गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्नेछन् ।

नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनको रुपमा परिचित यो दिन युवापुस्तामाझ लोकप्रिय रहेको छ ।

तत्कालीन रोमका सम्राट क्लाउडियस द्वितीयले प्रेम र विवाहमा युवाहरु आकर्षित भए सैनिक सेवा प्रभावित हुन्छ भनेर त्यसलाई प्रतिबन्ध लगाएका थिए । तर, सम्राटको उक्त निर्णयलाई भ्यालेन्टाइनले धर्म विरुद्ध भएको भन्दै उल्लंघन गरेका थिए ।

राजाज्ञा अवज्ञा गर्दै उनले प्रेम र विवाहका लागि युवालाई प्रेरित गरेका थिए । यसका साथै उनले युवायुवतीका जोडीहरु तयार गरी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमसमेत गरेका थिए ।

राजाको आदेश उल्लंघन गरेको आरोपमा उनलाई ईसा पूर्व २६९ फेब्रुअरी १४ आजकै दिन मृत्युदण्ड दिइएको इतिहास छ । उनै पादरीको बलिदानको सम्झनामा यो दिनलाई ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाउने प्रचलन विश्वभर शुरु भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै