• २०८१ बैशाख १६ आइतबार

‘भ्यालेन्टाइन डे’मा रानीमहल पुग्ने जोडीलाई भव्य स्वागत

kharibot

पाल्पा । ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगरपालिकाले भव्य स्वागत गरेको छ । तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहीत जोडीहरुलाई सम्मान तथा स्वागत गरेको हो ।

आज प्रेम दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी जोडीहरुलाई सम्मानसँगै स्वागत गरिएको नगरपालिकाका प्रवक्ता यादवसिहं कार्कीले जानकारी दिनुभयो । त्यहाँ पुग्ने २५ जोडीलाई विशेष सत्कार समेत गरिएको छ । उनीहरुलाई गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन समेत गरिएको थियो ।

नगरपालिकाले युगल प्रेमिल जोडीलाई रातो कार्पेटमा राखेर रातो गुलावको फूल साटासाट गरी स्वागत गरेको थियो । प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । 

प्रेमको प्रतिकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो । पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा पर्यटन व्यवसायिले गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय