• २०८१ बैशाख १७ सोमबार

साफ यू-२० महिला च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको सहज जित

kharibot

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ । 

नेपालले भुटानविरुद्ध यस खेलमा पहिलो र दोस्रो हाफमा २-२ गोल गरेको थियो ।

नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् भने र कप्तान प्रिती राईले एक गोल गरेकी थिइन् । अमिशाले १९औं,  पहिलो हाफको इन्जुरी समयमा र ६२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यस्तै प्रितीले खेलको ६१औं मिनेटमा गोल गरेकी थिइन् ।

यसअघि नेपालले पहिलो खेलमा गत शुक्रबार आयोजक बंगलादेशसँग ३–१ को हर बेहोरेको थियो । त्यस्तै भुटान आफ्नो पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो ।

सहभागी ४ टोलीबीच राउन्ड रोविनका आधारमा भइरहेको यो च्याम्पियनसिपमा राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै