• २०८१ बैशाख १७ सोमबार

सीवाईसी अत्तरियालाई महेन्द्रनगरद्वारा १३१ रनको लक्ष्य प्रस्तुत

kharibot

काठमाडौं । धनगढीमा जारी रुस्लान डीपीएल २ को मंगलबार भएको इलिमिनेट खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरीयालाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउदै १३० रन बनाएपछि सिवाईसीले १३१ रनको लक्ष्य पाएको हो । 
महेन्द्रनगरका लागि सर्वाधिक आरिफ शेखले ३५ रन बनाएका छन् भने पुनित मेहराले २६ रनको योगदान गरेका थिए ।

त्यस्तै, महेन्द्रनगरका लागि करन केसीले २४ रन जोडे । आसिफ शेखले ११ रन बनाए भने, रोहित कुमारले ११ रन बनाए  भने अन्य खेलाडिले दोहोरो अंक जोड्न नसक्दा महेन्द्रनगर १३० रनमा समेटीएको हो ।

अत्तरीयाका लागि कमल सिहं ऐरीले २ विकेट लिए । कृष्ण कार्की,दिपेन्द्र सिंह ऐरी, विपीन चन्द, सुभांकर उरो र बिनोद लामाले एक,एक विकेट लिएका हुन् ।
सिवाईसी अत्तरीया केही बेरमा व्याटिङ र्ने छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै