• २०८१ बैशाख १४ शुक्रबार

अवतार- द वे अफ वाटर' को विश्व बक्सअफिसमा किर्तिमान

kharibot

काठमाडौँ । हलिवुड फिल्म 'अवतार- द वे अफ वाटर' ले विश्वव्यापी बक्स अफिसमा नयाँ किर्तिमान बनाएको छ ।

अवतार- द वे अफ वाटरले विश्व बक्स अफिसमा २ बिलियन डलरको ग्रस कलेक्सन गरेको हलिवुडसम्बन्धि रिपोर्ट गर्ने मिडिया डेडलाइनले उल्लेख गरेको छ ।

जेम्स क्यामरुनले बनाएको यो फिल्मले रिलिजको छ सातासम्म शिर्ष स्थानमा कायम रहेको छ ।

अवतार- द वे अफ वाटर जेम्स क्यामरुनको २००९ मा निर्वाण गरिएको अवतारको सिक्वेल हो । विश्व बक्स अफिसमा २००९ को अवतार अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । सो फिल्मले २.९२ बिलियन डलर कलेक्सन गरेको थियो ।

२ बिलियन डलर कलेक्सन गर्ने विश्वका ६ फिल्ममा क्यामरुनले बनाएका मात्र तीन फिल्म रहेका छन् । जसमा अवतारका दुई भाग र १९९७ को सुपरहिट फिल्म टाइटानिक रहेको छ । टाइटानिकले विश्व बक्स अफिसमा २.१९ बिलियन डलर कमाएको थियो ।

 त्यस्तै २ बिलियन डलर कमाई गर्ने अन्य तीन फिल्ममा २०१९ मा रिलिज भएको अभेन्जर्स-इन्डगेमले २.७९ बिलियन डलर कमाई गरेको थियो भने २०१५ मा रिलिज भएको स्टार वार्स: एपिसोड VII- द फोर्स अवेकन्सले २.०७ बिलियन डलर कमाएको थियो । त्यस्तै २०१८ मा रिलिज भएको अभेन्जर्स इन्फिनिटी वारले २.०५ बिलियन डलर कमाएको थियो ।

योसँगै जेम्स क्यामरुन विश्वका सबैभन्दा सफल फिल्म निर्माता निर्देशक बनेका छन् । उनले अवतारकै अन्य तीन सिक्वेल ल्याउने तयारी समेत गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै