• २०८१ भदौ २३ आइतबार

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

kharibot

काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ । 

‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ । 

शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतमा स्वस्तिमासहित अर्की अभिनेत्री सिम्रन खड्का पनि प्रस्तुत छिन् । आगामी असोज १७ गते (घटस्थापना) देखि फिल्म प्रदर्शन हुँदैछ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको फिल्ममा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै