काठमाडौं । सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार दल राप्रपाले पुस २७ गते सार्बजनिक बिदा दिनुपर्ने अडान राख्दै सरकारमा सामेल हुन यसलाई अनिवार्य शर्त बनाएको थियो ।