• २०८१ बैशाख २१ शुक्रबार

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

kharibot

आदिस अबाबा । इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ ।

इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य अति आवश्यक वस्तुहरुको आपूर्ति गर्नुपर्ने भएकाले यसका लागि खाद्य तथा कृषि संगठनल लागेको सो संस्थाले जनाएको छ । यसअघि सो क्षेत्रमा यहाँका विद्रोहीहरुले नै खाद्यान्न वितवरण गर्न नदिएकामा अहिले सो क्षेत्रमा युद्धविराम भएपछि विस्तारै आवश्यक वस्तुहरुको आपूर्ति गर्न थालिएको बताइएको हो । यहाँको उत्तरी क्षेत्र खासगरी टिगरेका नागरिकलाई अहिले खाद्यान्नलगायतको आवश्यकता परेको र उनीहरुको अवस्था हेरेर अहिले विदेशी दाता संस्थाहरुको समन्वयमा खाद्यान्न पुर्याउने काम गरिएको सो संस्थाले जानकारी दिएको हो ।

यहाँका टिगरे, अफार र अम्राह द्वन्द्वग्रस्त क्षेत्र हुन् । यी क्षेत्रका कैयौँ नागरिकले द्वन्द्वका कारण ज्यान पनि गुमाएका छन् ।

साथै ती क्षेत्रमा जारी रहेको द्वन्द्वका कारण यहाँका विद्रोहीहरुले संयुक्त राष्ट्रसंघ तथा अन्य दाता संस्थाहरुलाई पनि प्रवेश गर्न दिएका थिएनन् ।

जसका कारण यहाँका नागरिक लामो समयदेखि समस्यामा परेका थिए । अहिले खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग र समन्वयमा ती क्षेत्रहरुमा खाद्यान्न र अरु सहयोग पुयाउने काम भइरहेको बताइएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै