काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
आगामी माघ ९ र १० गते काठमाडौंमा बस्ने बैठकमा निर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन् ।
सो बैठकले राप्रपा नेपालले आगामी कार्यदिशा निर्धारण गर्ने बताइएको छ ।