• २०८१ जेठ १ मंगलबार

सिरी एमा जलाटन इब्राहिमोविचको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा एसी मिलानले काग्लिअरीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मिलान ३-० गोल अन्तरले विजयी भएको हो । मिलानको जितमा जलाटन इब्राहिमोविच, रागनर क्लाभान र सामु कासटिल्लेजोले एक एक गोल गरेका थिए । यो जितपछि मिलानले यस सिजनमा ३८ खेलमा ६६ अंक हासिल गर्दै छैठौ स्थानमा रहदै लिग सकाएको छ ।

त्यस्तै यस खेलमा गोल गर्दै ३८ बर्षिय इब्राहिमोविचले नयाँ किर्तिमान पनि बनाएका छन् । इब्राहिमोविचले यस सिजनमा १८ खेल खेल्दै १० गोल गरेर सिरी ए मा एकै सिजनमा दोहोरो अंकमा गोल गर्ने बढी उमेरका खेलाडी बनेका छन् ।

इब्राहिमोविचले ६० बर्षअघि सिल्भियो पिओला (३८ बर्ष १२७ दिन ) ले राखेको किर्तिमान तोडेका हुन् । उनले ३८ बर्ष ३०२ दिनको दिन सिरी ए मा १० गोल पुरा गर्दै यस्तो किर्तिमान बनाएका हुन् । 

यसपछि इब्रहिमोविचको खेल भविष्य बारे भने अन्योल नै रहेको छ । मिलानसँगको यस सिजनसम्मको सम्झौता यो खेल सँगै सकिएपछि अब आउदो सिजन उनी खेल्छन या खेल्दैनन भन्ने बारे उनले स्पष्ट गरेका छैनन् । तर मिलानका म्यानेजर स्टेफानो पिओलीले भने यो खेल इब्राहिमोविचको मिलानका लागि अन्तिम खेल नभएको बताएका छन् ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै