• २०८१ बैशाख १७ सोमबार

क्रिप्टो एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान पक्राउ

kharibot

काठमाडौँ । क्रिप्टो एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान-फ्राइड बहामासमा पक्राउ परेका छन् ।

बहामासले दिवालिया क्रिप्टो मुद्रा एफटीएक्सका संस्थापक साम बैंकम्यान-फ्राइडलाई पक्राउ गरेको छ । देशका महान्यायाधिवक्ताले सो जानकारी दिएका हुन् । बहामासले अमेरिकाबाट साम बैंकम्यानविरुद्ध फौजदारी अभियोगको आधिकारिक सूचना प्राप्त गरेको जनाएको छ ।

गत महिना, एफटीएक्सले अमेरिकामा आफूलाई दिवालिया घोषित गरेको थियो र यसका धेरै ग्राहकहरूले आफ्नो पैसा फिर्ता लिन असमर्थ भएका थिए । यो विश्वको दोस्रो ठूलो क्रिप्टो मुद्रा थियो जसले हरेक दिन १० अर्ब क्रिप्टो सिक्का व्यापार गरिरहेको थियो ।

म्यानहट्टनमा रहेको अमेरिकी अधिवक्ताको कार्यालयले ट्वीट गर्दै भनेको छ- अमेरिकाको अनुरोधमा बहामासका अधिकारीहरूले साम  बैंकम्यान-फ्राइडलाई पक्राउ गरेको छ । न्युयोर्कको दक्षिणी जिल्लाले दायर गरेको सिल गरिएको उजुरीको आधारमा अमेरिकाले बहामासलाई यो अनुरोध गरेको थियो ।

हालैका धेरै अन्तर्वार्ताहरूमा, बैंकम्यानले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकार गरेका थिए, तर कुनै पनि गैरकानूनी गतिविधि भएको कुरामा विश्वास गर्न अस्वीकार गरिरहेका थिए ।

उनले डीलबुक शिखर सम्मेलनमा न्यूयोर्क टाइम्सलाई भनेका थिए- 'मैले कहिल्यै धोका दिने प्रयास गरिन ।'

एफटीएक्स कसरी डुब्यो ?

वास्तवमा, एफटीएक्सको वित्तीय स्थिति बिग्रन थाल्यो जब क्रिप्टो समाचार वेबसाइट क्वाइनडेस्कले सामको व्यापारिक कम्पनी अलमेडा रिसर्च र एफटीएक्स लिंक भएको र ती दुई स्वतन्त्र कम्पनीहरू नभएको तर एक आधारको हिस्सा भएको रिपोर्ट सार्बजनिक गर्यो ।

अल्मेडाले एफटीएक्स ग्राहकहरूको पैसा ऋणको रूपमा प्रयोग गरेको अर्को आरोप लगाइएको थियो ।

यो रिपोर्ट आएपछि क्रिप्टो बजारमा सनसनी मच्चियो । कम्पनीको लागि नराम्रो समय सुरु भएको थियो र यी आरोपहरूको केही दिन पछि, एफटीएक्सको मुख्य प्रतिद्वन्द्वी बिनान्सले एफटीएक्ससँग जोडिएका आफ्ना सबै क्रिप्टो टोकनहरू बेचेको थियो ।

यसपछि एफटीएक्समा भूकम्प आयो । एक एक गरेर ग्राहकहरूले एफटीएक्सबाट आफ्नो पैसा निकाल्न थाले । यस पछि एफटीएक्सले आफैलाई दिवालिया घोषित गर्यो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै