• २०८१ बैशाख १७ सोमबार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

kharibot

काठमाडौं । झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।

कन्काई नगरपालिका-८ मा मा बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-१ का २२ वर्षीय ओमप्रकाश राउतको मृत्यु भएको हो । 

मृतक राउतको  बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । दुवै सवारीसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै