काठमाडौं । जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका - २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका - ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।