• २०८१ बैशाख १६ आइतबार

चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

kharibot

ईलाम।  फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई प्रहरीले पक्राउ गरेको छ । 

बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै