• २०८१ बैशाख २५ मंगलबार

डिसहोमको 'एक्सन स्पोर्टस च्यानल' पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजक

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च र डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क प्रालिको खेलकुद च्यानल ‘डिसहोम एक्सन स्पोर्टस’बीच पल्सर स्पोर्टस अवार्ड २०७३ का लागि सह–प्रायोजन सम्झौता भएको छ ।

यही भदौं २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले २०७३ सालमा खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई पल्सर स्पोर्टस् अवार्ड बाट सम्मान गर्न गइरहेको छ ।

मञ्च र डिस मिडिया नेटवर्क प्रा लि बीच लगातार सातौं वर्ष सम्झौता भएको हो । यो बर्ष डिस मिडियाले आफ्नो खेलकुद च्यानल डिसहोम एक्सन स्पोर्टसको नाममा सम्झौता गरेको छ । राजधानीको रोयल सिंगी होटलमा आज सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे  ।

डिस होम एक्सन स्पोर्टस्ले मञ्चलाई २ लाख ५० हजार रुपैया नगदसहित ३ लाख ८० हजार रुपैया बराबरको प्रायोजन गरेको हो । सम्झौता अनुरुप डिस होमले पल्सर स्पोर्टस् अवार्डका ८ विधाका विजेतालाई सेटअप बक्स र एक बर्षसम्मको रिचार्ज कार्ड प्रदान गर्नेछ ।

अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा रहेका छन् । यस्तै, पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस भोट गर्नुहुने मध्ये गोला प्रथाबाट छनोट गरी पाँच जनालाई पनि सेटअप बक्स र एक वर्षसम्मको रिचार्ज कार्ड प्रदान गरिनेछ ।

डिस मिडिया नेटवर्कका सिइओ सुदिप आचार्यले डिसहोम र मञ्चबीचको सहकार्य सात बर्ष पुगिसकेको र यो निरन्तर रहने पनि हामी विश्वस्त गराउदै मञ्चले गर्दै आइरहेको कार्य र हामीले गर्दै आइरहेको काम उस्तै भएको बताए । सिइओ आचार्य मञ्चले विभिन्न खेलकुद विधालाई समेट्दै पुरस्कृत गर्दै आइरहेको छ भने डिसहोमले विभिन्न च्यानलहरूलाई एकै ठाँउमा समेटेको बताउदै यसले आत्मीयता बढेको महसुस भएको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले लामो समयदेखि हुंदै आएको यस सहकार्यका लागि हामी डिसहोमलाई धन्यवाद दिदै स्पोर्टस् अवार्डलाई सफल पार्न प्रायोजक मात्र नभई सह–प्रायोजकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने र डिसहोमले पनि अवार्डको सफलतामा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष अजय फुयाल, उपाध्यक्ष श्रीलोचन राजोपाध्याय, महासचिव प्रकाश तिमल्सिना, एआईपिएस एसियाका पूर्वकोषाध्यक्ष निरञ्जन राजवंशी, डिस मिडियाका महाप्रबन्धक कल्याण अधिकारीको पनि उपस्थिति रहेको थियो ।

पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेका छ । सह–प्रायोजकमा सुर्य नेपाल, रुस्लान फुटबल, साहस स्पोर्टस्, रोयल सिंगी होटल, टिएचटी लाइभ, डिसहोम एक्सन स्पेर्टस् रहेका छन् । एभिन्युज टिभी अवार्डको टेलिभिजन पार्टनर रहेको छ भने राष्ट्रिय खेलकुद परिषदले पनि साझेदारी गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै