• २०८१ बैशाख २१ शुक्रबार

पाकिस्तान- बाढीपीडित बोकेको बसमा आगलागी, बालबालिकासहित १८ को मृत्यु

kharibot

काठमाडौं । मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् । 
पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ ।

वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले  २८ अर्ब डलर बराबरको क्षति भएको थियो ।

पानी बिस्तारै घट्दै जाँदा हजारौं विस्थापितहरू पुन घर फर्किन थालेका छन् । कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै