• २०८१ बैशाख २२ शनिबार

रशिद खानले बनाए नयाँ विश्व रेकर्ड, एकदिवसीय क्रिकेटमा छिटो सय विकेट लिने खेलाडी 

kharibot

काठमाडौँ । अफगानिस्तानका युवा क्रिकेटर रशिद खानले एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । 

रशिदले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने रेकर्ड बनाएका हुन् । विश्वकप छनौट अन्तर्गतको फाइनल खेलमा वेस्टइण्डिजविरूद्ध रशिदले आफ्नो एकदिवसीय क्यारियरको सयौ विकेट लिएका हुन् ।

आफ्नो सयौ विकेटको रुपमा रशिदले वेस्टइण्डिजका विकेटकिपर ब्याट्सम्यान शाइ होपलाई एलबीडब्लु आउट गरेका हुन् ।

रशिदले ४४ खेलमा सय विकेट लिदै यसअघि अष्ट्रेलियाका बलर मिच स्टार्कको नाममा रहेको ५२ खेलमा सय विकेटको रेकर्डलाइ तोडेका हुन् ।  

अक्टोबर २०१५ मा जिम्बाबेविरुद्ध एकदिवसीय खेलमा डेभ्यु गरेका रशिदले गत बर्ष जुनमा वेस्टइण्डिजविरूद्ध ८.४ ओभर बलिङ गर्दै १८ रन दिएर ७ विकेट उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । 

रशिदले आयरल्याण्डविरुद्ध २०१७ को मार्चमा भएको खेलमा ६ विकेट लिएका थिए भने गत फेब्रुअरीमा जिम्बाबेविरुद्ध सारजँहामा भएको खेलमा ५ विकेट लिएका थिए । 

त्यस्तै विश्वकप छनौटकै सुपर सिक्सको अन्तिम खेलमा युएईविरुद्ध रशिदले ५ विकेट लिएका थिए ।  विश्वकै उत्कृष्ट बलर रहेका रशिदको विश्वकप छनौट प्रतियोगिताको यो नै उत्कृष्ट प्रदर्शन हो  । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै