• २०८१ बैशाख २२ शनिबार

टी-२० क्रिकेटमा नयाँ रेकर्डको संघारमा रशिद खान 

kharibot

काठमाडौँ। टी-२० क्रिकेटमा अफगानिस्तानका बलर रशिद खानले नयाँ रेकर्ड बनाएका छन्। हाल अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका रशिदले एक क्यालेन्डर बर्षमा सर्वाधिक ९२ विकेट लिएर नयाँ रेकर्ड बनाएका छन्।

विश्वका चर्चित टी-२० लिग तथा अफगानिस्तानको राष्ट्रिय टिमबाट खेल्दै उनले २०१८ मा अहिलेसम्म ९२ विकेट लिएका हुन्। साथै रशिदले एक बर्षमा सय विकेट लिने सम्भावना रहेको छ ।

बिगबास लिगमा एडीलेड स्ट्राइकरबाट खेल्दै बुधबार ३ विकेट लिएका रसिदले यसअघि नै वेस्टइन्डिजका डवाने ब्राभोको ८७ विकेटको रेकर्ड तोडेका थिए। ब्राभोले सन् २०१६ मा ८७ विकेट लिएका थिए।

त्यस्तै रसिदले सन् २०१७ मा ८० विकेट लिएका थिए। वेस्ट इन्डिजका आन्द्रे रसेलले २०१६ मा ७६ विकेट लिएका थिए। त्यसै गरि अस्ट्रेलियाका आन्द्रे टायले यस बर्ष ७२ विकेट लिएका छन्।

हाल आइसीसीको टी-२० बलरको वरियतामा शिर्ष स्थानमा रहेका रशिदले हाल जारी बिग बास लिगमै यस बर्ष सय विकेट लिने विश्वास गरिएको छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै