• २०८१ बैशाख २२ शनिबार

रशिद खानले बिग बास लिगमा लिए ह्याट्रिक

kharibot

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिगमा अफगानिस्तानका बलर रशिद खानले ह्याट्रिक लिएका छन् ।

रशिदले बुधबार सम्पन्न खेलमा सिड्नी सिक्सर्सविरुद्ध ह्याट्रिकसहित चार विकेट लिएपनि आफ्नो टिम एडिलेड स्ट्राइकरलाई जिताउन भने सकेनन् ।

एडिलेडले दिएको १३६ रनको लक्ष्य सिड्नीले १८.४ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

रशिदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन दिएर ४ विकेट लिए । रशिदले यस सिजनको बिग बासमा योसहित १२ विकेट लिएका छन् ।

सिड्नीले यो जितसहित ८ खेलमा १२ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने एडिलेडको ७ खेलमा ७ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । 

बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्स र सिड्नी थण्डरबीच अहिले खेल भइरहेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै