काठमाडौँ । बंगलादेशले महिला साफको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक साफको उपाधि जितेको छ ।
छैटौं महिला साफसम्म आइपुग्दा यसअघि पाँचै उपाधि भारतले जितेको थियो । छैटौं साफमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगलादेशले पहिलो पटक महिला साफको उपाधि जितेको छ ।
नेपालका लागि अनिता बस्नेतले एक गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थपेको थियो ।
नेपाल भने पाँचौं पटक फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको छ । नेपाल १०१६ बाहेक सबै महिला साफको फाइनलमा पुगेको थियो ।