• २०८१ बैशाख १९ बुधबार

यू–१७ महिला साफमा नेपालले भुटानलाई हरायो

kharibot

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा वर्षा ओली र सेनु परियारले २-२ गोल गरेका थिए भने दिपा रोकायाले एक गोल गरेकी थिइन् ।  

यस अघि पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।

यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ ।

नेपालले अब अर्को खेल मार्च २६ मा रसिया र मार्च २८ मा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै