• २०८१ बैशाख ६ बिहीबार

तीन महिला फुटबल खेलाडीको सन्यास

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलसँगै मिडफिल्डर इन्दिरा राई र दीपा राई तथा रक्षक पुनम जर्घामगरले सन्यास लिएका हुन् ।

सोमबार फाइनलपछि पुरस्कार वितरण गरेपछि तीनै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सदस्यसचिव टंकलाल घिसिङले कोट लगाएर बिदाइ गरेका थिए ।

२९ बर्षिय डिफेन्डर पुनम झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेकी थिइन् । उनले राष्ट्रिय टोलीमा ३९ खेल खेलेकी छन् भने एक गोल गरेकी छन् । 

त्यस्तै मिडफिल्डर इन्दिरा राई विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित खेलाडी हुन् ।

त्यसैगरी उदयपुरकी मिडफिल्डर दीपा राई राष्ट्रिय टोलीबाट ३६ खेल खेलिसकेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै