काठमाडौँ । महिला साफको फाइनल खेलमा बंगलादेशले ३-१ को अग्रता लिएको छ । पहिलो हाफमा २ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थपेको छ ।
बंगलादेशको खेलको ७६औं मिनेटमा गोल गर्दै ३-१ को अग्रता लिएको छ ।
नेपालले खेलको ७०औ मिनेटमा अनिता बस्नेतले गोल गरेकी थिइन् ।
यस अघि बंगलादेशले पहिलो हाफमा खेलको १२औं र ४२औं मिनेटमा गोल गरेको थियो । बंगलादेशका लागि पहिलो गोल शम्सुन्नाहरले गरेकी थिइन् भने दोस्रो गोल श्रीमोतीले गोल गरेकी थिइन् ।