• २०८१ भदौ २३ आइतबार

काँग्रेसको समानुपातिक सूचीमा विमलेन्द्र, गोपालमान र आरजु

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको थियो ।

कांग्रेसबाट सह महामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पदाधिकारीबाट समानुपातिक सूचीमा रहेका छन् ।

त्यस्तै कांग्रेसको समानुपातिक सूचीमा पुर्व उपाध्यक्षद्वय  विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ रहेका छन् भने अघिल्लो चुनावमा प्रत्यक्षमा हार बेहोरेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि समानुपतिक सूचीमा रहेकी छन् ।

कांग्रेसले प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० जनाको सूची आयोगमा बुझाएको हो । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै