• २०८१ बैशाख १६ आइतबार

अर्मेनिया पुगिन् पेलोसी

kharibot

याराभान । अर्मेनियाको भ्रमणमा पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले अजरबैजानले आर्मेनियामा गरेको ‘गैरकानुनी’ आक्रमणको निन्दा गरेकी छन् ।

बाकु र याराभानले मङ्गलबार सीमामा भएको झडपमा २०० जनाभन्दा बढीको ज्यान जाने गरी भएको झडपका लागि एकआपसमा आरोप लगाएका छन् ।

पेलोसीले याराभानमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, “अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पार्ने गरी भएको आक्रमणको अमेरिकी कांग्रेसको तर्फबाट हामी कडा शब्दमा भत्र्सना गर्दछौं ।”

“अर्मेनियाली भूमिमा अजरबैजानले गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित गरिएकाले हाम्रा लागि अर्मेनियाको विशेष महत्व छ ।”

पेलोसीले उक्त आक्रमण अर्मेनियाको सार्वभौमिकतामाथिको आक्रमण भएको बताइन् ।

अर्मेनियाली संसदका सभामुख एलेन सिमोन्यानले संयुक्त राज्य अमेरिकाको मध्यस्थताका कारण ककेसस (युरेसियाको ब्ल्याक सी र क्यासपियन सी) क्षेत्रका कट्टर शत्रुहरुबीचको द्वन्द्व बिहीबार रातदेखि अन्त्य भएको बताएका छन् ।   यसअघि रूसले युद्धविरामका लागि गरेको प्रयास असफल भएको थियो ।

पेलोसीसँगै आयोजित पत्रकार सम्मेलनमा भने, “मध्यस्थताबाट भएको युद्धविरामको सम्झौताका लागि हामी अमेरिकाप्रति आभारी छौं ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै