• २०८१ बैशाख ३१ सोमबार

अर्मेनिया र अजरबैजानबीच फेरी लडाई शुरु, ९९ सैनिकको मृत्यु

kharibot

काठमाडौँ । दुई वर्षको शान्तिपछि अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि सुरु भएको छ । अर्मेनियाले आक्रमणमा आफ्ना ४९ सैनिक मारिएको जनाएको छ। अर्कोतर्फ अजरबैजानले आक्रमणमा आफ्ना ५० सैनिक मारिएको जनाएको छ ।

आर्मेनियाली रक्षा मन्त्रालयका अनुसार सोमबार मध्यरात पछि, अजरबैजानी सेनाले तोपखाना र ड्रोन प्रयोग गरेर एकै साथ आफ्नो क्षेत्रका धेरै ठाउँहरूमा आक्रमण गरेको जनाउदै त्यसपछि आफुले जवाफ फर्काएको उल्लेख गरेको छ । यसैबीच रसियाले दुईबीच युद्धविराम गराउने प्रयास गरे पनि असफल भएको छ ।

गोलाबारी केही हदसम्म कम भएको, तर अजरबैजानका सेनाहरूले दिनभरि आफ्नो क्षेत्रमा प्रवेश गर्ने प्रयास जारी राखेको अर्मानियाले जनाएको छ । अजरबैजानको गोलाबारीमा धेरै नागरिक संरचनाहरू क्षतिग्रस्त भएका छन् र धेरै मानिसहरू घाइते भएका छन्।

अर्कोतर्फ, अजरबैजानको विदेश मन्त्रालयले सोमबार ढिलो र मंगलबार बिहान अर्मेनियाले गोली चलाएको बताएको छ । उनले आर्मेनियाली सेनाले आफ्नो क्षेत्रमा बारुदी सुरंग बिछ्याएको र सैन्य स्थानहरूमा गोली चलाएको दाबी गरेको छ ।

नागोर्नो-काराबाख अजरबैजानको हिस्सा हो, तर यो १९९४ मा पृथकतावादी युद्ध समाप्त भएदेखि आर्मेनिया समर्थित सेनाको नियन्त्रणमा छ । दुई बीचको छ हप्ताको युद्धमा २०२० मा ६६ सयभन्दा बढीको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै