• २०८१ बैशाख ३१ सोमबार

अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने

kharibot

बाकु । अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ ।

“अजरबैजानले युद्धविरामको आह्वान गरेको छ र एकतर्फी रूपमा १०० अर्मेनियाली सैनिकको शव आर्मेनियालाई हस्तान्तरण गर्न तयार छ,” अजरबैजानको युद्धबन्दीसम्बन्धी राज्य आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

येरेभानले हालैको झडपमा कम्तीमा ४९ जना आफ्ना सैनिकको मृत्यु भएको जनाएको छ । 

आर्मेनिया र अजरबैजानबीचको सीमामा भएको भिडन्तमा मङ्गलबार करिब १०० सैनिकको मृत्यु भएको थियो भने दुवैतर्फका आक्रमणले लामो समयदेखिका प्रतिद्वन्द्वीहरूबीच व्यापक शत्रुता भड्किने डरलाई बढावा दिएको थियो ।

अजरबैजानको एक भाग नागोर्नो–काराबाखलाई लिएर दुई देशबीच दशकौँदेखि द्वन्द्व चल्दै आएको छ तर सन् १९९४ मा पृथकतावादी युद्ध अन्त्य भएयता आर्मेनियासमर्थित जातीय अर्मेनियाली सेनाको नियन्त्रणमा छ ।

अजरबैजानले सन् २०२० मा छ हजार ६०० भन्दा बढी मानिसको ज्यान जाने गरी भएको छ हप्तासम्म चलेको युद्धमा नागोर्नो–काराबाखको विशाल भूभाग पुनः प्राप्त गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै