काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तिनकुनेको समस्या समाधान नगरेको भन्दै आलोचना गरेका छन् ।
शनिबार सामाजिक संजालमा पोष्ट गर्दै बालेनले माधव नेपाल र राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री र राष्ट्रपति बनेर पनि आफ्नै क्षेत्र तिनकुनेको ५० बर्षदेखिको समस्या समाधान नगरेको आरोप लगाएका हुन् ।
साथै उनले अब आउने चुनावमा कुन मुखले भोट माग्नुहुन्छ भन्दै चुनावअघि समस्या समाधान गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
आदरणीय माधब नेपालज्यु तथा सम्माननिय राष्ट्रपतिज्यू, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नुभयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।