• २०८१ जेठ ५ शनिबार

महारानी एलिजावेथको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा राजदुताबास पुगेर दुख व्यक्त

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति काठमाडौँस्थित बेलायतको राजदुताबास पुगेर दुख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दुताबासमा राखिएको शोक पुस्तिकामा पहिलो शोक व्यक्त गर्दै महारानीको निधनप्रति दुख व्यक्त गरेकी हुन् ।

काठमाडौँस्थित दुताबासले महारानीको निधनमा दुताबासले श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरुका लागि शुक्रबार ४ बजेसम्म र सेप्तेमब्र १२ देखि १६ सम्म बिहान ९ बजेदेखि ४ बजेसम्म शोक पुस्तिका राखिने जानकारी दिएको छ । 

महारानी एलिजावेथको विहिबार निधन भएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै