• २०८१ बैशाख १५ शनिबार

विमलेन्द्र निधि धनुषा-३ बाट समानुपातिकमा सिफारिश

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि धनुषाको क्षेत्र नम्बर-३ बाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार दिउँसो बसेको कांग्रेसको क्षेत्रीय कमिटी बैठकले निधिलाई समानुपातिकतर्फ एकल सिफारिस गरेको हो ।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रत्यक्षतर्फ लडेका निधि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतोसँग २८७८ मतले पराजित भएका थिए ।

यस निर्वाचनमा महतोले फेरि यसै क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका बेला निधि भने समानुपातिकमा सिफारिश भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउन कसरत गरिरहेका बेला निधिले आफ्नो सिट असुरक्षित हुने देखेर समानुपातिकतर्फ गएको हुनसक्ने विश्लेषण गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै