• २०८१ बैशाख २८ शुक्रबार

प्रधानन्यायाधीशमा सिफारिश कार्कीलाई सांसदहरुले के के प्रश्न सोधे ?

kharibot

काठमाडौं । संसदीय सुनवाइका क्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सांसदहरुले विभिन्न प्रश्न गरेका छन् । सिंहदरबारमा कार्कीको उपस्थितिमा जारी सुनुवाइ समितिको बैठकमा संसदहरुले कार्कीमाथि लागेका आरोपलाई केन्द्रमा राखेर प्रश्न गरिरहेका छन् र कार्कीले त्यसको उत्तर दिइरहेका छन् ।

कार्कीलाई सत्तारुढ माओवादी केन्द्रका सांसद जनार्दन शर्माले, ‘सरकारको पक्षमा न्यायालयबाट किन फैसला आउँदैनन् ?’ भन्दै प्रश्न गरका छन् ।

त्यस्तै एमाले सांसद पदम गिरीले, ‘न्यायालयमा कामु प्रधानन्यायाधीश हुँदा कति सुधार गर्नुभयो ?’ प्रश्न सोधेका छन् ।

त्यसैगरी एमालेकै अर्का सांसद देवेन्द्र दाहालले, ‘तपाईंले कार्ययोजनामा उठाएका विषयहरु पूरा गर्ने आधार के छ ?’ सोधेका थिए ।

त्यस्तै एमाले सांसद महेश बर्तौलाले, ‘न्यायालयको विश्वास किन गुम्दै छ ?’ भन्दै प्रश्न सोधेका थिए ।

त्यसैगरी कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले, ‘तपाईंले कार्ययोजनामा उठाउनुभएको विषय कसरी पूरा गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधेका थिए ।

कामु प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले, ‘कहिलेदेखि न्यायालयमा भ्रष्टाचार थियो, त्यो पुष्टि गर्नोस् । नभए, भ्रष्टाचार हल गर्छु किन भन्नुभयो कार्ययोजनामा ?’ भन्ने प्रश्न सोधेका थिए ।

संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका हरिकृष्ण कार्कीले सुनुवाइ समितिको बैठकमा बिहीबार १९ पृष्ठको कार्ययोजना प्रस्तुत गरेका थिए । आज आफूविरुद्ध परेका २९ उजुरी र सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । संसदीय त्यसपछि सुनुवाइ समितिले उनको नाम अनुमोदनका विषयमा निर्णय दिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै