• २०८१ बैशाख २८ शुक्रबार

क्रिकेट खेलाडीलाई जनही १३ लाख पुरस्कारको सिफारिश

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

छनोट प्रतियोगितामा सहभागी १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

सहभागी खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गर्ने निर्णय गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा छनोट राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने निर्णय सोमबार नै गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै