• २०८१ बैशाख १६ आइतबार

दुई न्यायाधीशलाई बर्खास्तको सिफारिश

kharibot

काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्तको सिफारिश गरको छ । 

आइतबार बसेको परिषदको बैठकले न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने सिफारिश गरको हो । परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो ।  

न्यायाधीश डा. नवराज थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहेकै समयमा उनीमाथि बिचौलियाको काम गरेको आरोप लागेको छ । न्याय परिषद्मा परेको उजुरीमा थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको आरोप लागेको थियो ।ती उजुरीसँगै केही अडियो प्रमाण तथा कल डिटेल्स पनि समावेश गरिएको थियो । पुरानो उजुरीको छानबिन गर्दा गम्भीर कैफियत देखिएपछि परिषद्ले न्याय परिषद् ऐन, २०७३ को दफा १९ बमोजिम न्यायाधीश थपलियामाथि विस्तृत छानबिन गर्न समिति गठन भएको थियो । त्यसपछि उनी कामकाजविहीन बनाइएका थिए ।

त्यसैगरी न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौँ जिल्ला अदालतमा कार्यरत रहेको समयमा अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका सोले भन्ने दुर्गा बहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादमा तानिएका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि न्यायिक विचलनको आरोप लागेको थियो ।

यस प्रकरणमा न्यायाधीश निरौलालाई २०७८ चैत १४ गते सर्वोच्च अदालतको पत्रमार्फत कामकाजमा रोक लगाइ छानबिनमा तानिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै