• २०८१ बैशाख २१ शुक्रबार

भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

kharibot

भक्तपुर  । भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । 

थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै