• २०८१ बैशाख १६ आइतबार

बैतडीमा ४५ वर्षीया महिला बलात्कृत

kharibot

बैतडी । बैतडीमा ४५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

जोशीमाथि आइतबार बिहान मेलौली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीयामाथि जबरजस्ती करणी गरेको आरोप छ। 

पक्राउ परेका जोशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै