• २०८१ बैशाख १५ शनिबार

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

kharibot

रूपन्देही । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हरिजनले बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै