• २०८१ बैशाख १४ शुक्रबार

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

kharibot

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । 

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । 

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए । 

सन्देशमा राष्ट्रपतिले भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गरेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै