• २०८१ बैशाख ८ शनिबार

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत

kharibot

सिरहा । सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  

सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै