• २०८१ बैशाख १७ सोमबार

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

kharibot

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिवार साँझ भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । 

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र संघको आदर्शमा प्रतिवद्ध रहेको बताए । 

सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो संख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद दिए । उनले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिए । 

मार्च २००३ देखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाई थियो । 

भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि टोलीसँगको भेटप्रति खुसी व्यक्त गरे ।

सो भेटमा नेपाली प्रतिनिधि टोलीका सदस्यहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै