• २०८१ बैशाख १४ शुक्रबार

विम्बल्डनमा नाडालको विजयी सुरुवात

kharibot

काठमाडौं । अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार राति  सेन्टर कोर्टमा भएको खेलमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ ६-४ को सेटमा जित निकाले ।

विश्व वरियताको दोस्रो स्थानमा रहेका नाडालको यो ३०६औं ग्रान्डस्लाम जित हो । अब, कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् । ३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै